२५ मंसिरभित्र सडक कालोपत्रे गर्ने सहमतिपछि रोकियो आन्दोलन « Khabarhub

२५ मंसिरभित्र सडक कालोपत्रे गर्ने सहमतिपछि रोकियो आन्दोलन


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्र नगरेको बन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेका स्थानीयसँग सडकमै सहमति भएको छ ।

हरिसिद्धि सडक खुलाउन सोमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसी, ललितपुर २९ नम्बर वडाध्यक्ष गणेशकुमार महर्जनले २५ मंसिरभित्र कालोपत्रे गर्ने लिखित सहमति गरेका हुन् ।

सहमति अनुसार आज मंगलबारबाटै कामदार बढाएर काम सुचारु हुने सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसीले बताए । डिभिजन सडक कार्यालयका प्रमुख पाण्डेले समयमा काम पुरा नगरे ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गरिने बताए ।

वडाध्यक्ष महर्जनले यही २५ गतेसम्म प्रतिबद्धता अनुसार सडकको काम नभए फेरि स्थानीयले बन्द गर्ने धम्की दिएको बताए । सहमति अनुसार २ किलोमिटर सडक कालोपत्रे हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ५९ बजे

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२