हुस्सु र शितलहरले प्रदेश २ को जनजीवन कष्टकर « Khabarhub

हुस्सु र शितलहरले प्रदेश २ को जनजीवन कष्टकर


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश २ का जिल्लामा बाक्लो हुस्सु र शितलहर बढेपछि जनजीवन प्रभावित भएको छ । मंगलबार विहानैदेखि यस क्षेत्रमा चिसो बढेको हो ।

चिसो बढेपछि जनकपुरधामसहितका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहल घटेको छ । स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न थालेका छन् । मंगबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुँदा गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था आएको थियो।

हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको संख्यासमेत घटेको छ । पुस र माघमा लाग्नेजस्तो हुस्सु र शितलहर मंसिरको सुरुको पहिलो सप्ताहमै सुरू भएको सर्वसाधारणले बताएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १२ : १४ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल