सलमान भन्छन्–स्टार युगको अन्त्य हुँदैन | Khabarhub Khabarhub

सलमान भन्छन्–स्टार युगको अन्त्य हुँदैन


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– पछिल्लो दुई वर्षमा फिल्ममा निकै परिवर्तन देखिएको छ । ओटीटीको रुपमा नयाँ प्लेटफर्म विकसित रुपमा आएको छ । जसमा स्टार भ्यालु फिका मानिएका कलाकारहरु पनि चम्किएका छन् ।

ओटीटी प्लेटफर्मको बढ्दो वर्चस्वलाई नियाल्दा केहीले यसले बलिउडमा स्टारडमको युग सकिएको दाबी गरेका छन् । तर अभिनेता सलमान खान यो भनाईमा सहमत छैनन् ।

हालैको एक मिडिया अन्तरक्रियामा सलमानले यो विषयमा आफ्नो भनाई राखेका छन् । ‘हामी जान्छौं त कोही अरु आउछन् । मलाई लाग्छ स्टार युगको अन्त्य हुँदैन । यो जहिल्यै रहन्छ । कलाकारको फिल्म छनोट, वास्तविक जीवनमा तपाईं कस्तो हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । अहिले यो कैयौं चिजको प्याकेज बनेको छ । अब युवा पुस्तासँग आफ्नो सुपर स्टारडम हुनुपर्छ’, उनले भनेका छन् ।

‘म कैयौं वर्षदेखि सुनिरहेको छु कि यो अन्तिम पुस्ता हो । हामी युवापुस्ताका लागि सबै कुरा यति सजिलै छोड्ने छैनन् । हामीले उनीहरुलाई सबै कुरा छोडेर जाँदैनौं । मेहनत गर्नुहोस् । पचास प्लसमा हामी मेहनत गरिरहेका छौं । त्यसकारण तपाईं पनि मेहनत गर्नुहोस्’, उनले अगाडि भनेका छन् ।

सलमान हालका दिनमा आफ्नो फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’को रिलिजको तयारीमा छन् । फिल्मका निर्देशक महेश मान्जरेकर हुन् । फिल्ममा सलमान एक प्रहरी अधिकृतको भूमिकामा छन् । यो फिल्ममा सलमानका ज्वाइँ आयुष शर्मा ग्याङस्टारको भूमिकामा छन् । फिल्म नोभेम्बर २६ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १ : ११ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको