बढ्यो दैनिक थपिने कोरोना संक्रमितको संख्या « Khabarhub

बढ्यो दैनिक थपिने कोरोना संक्रमितको संख्या


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या बढेको छ ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ लाख ५१ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको हो ।

यूरोपमा मात्र ४ लाख ७० हजार १९४ जना थपिएका छन् । तीमध्ये अमेरिकामा मात्रै २ लाख १७ हजार ३४९, बेलायतमा एक लाख ६ हजार १२२, फ्रान्समा ८४ हजार २७२, स्पेनमा ६० हजार ४१, जर्मनीमा ४५ हजार ८५८, इटलीमा ३६ हजार २९३ र रुसमा २५ हजार २६४ जना छन् ।

एसियामा टर्कीमा सबैभन्दा धेरै १९ हजार ९५ जना संक्रमित थपिएका छन् । साउद अफ्रिकामा २१ हजार ९८ जनामा पहिचान भएको छ ।
यही अवधिमा ३ लाख ३२ हजार ५६५ जना कोरोनामुक्त भएका छन् भने ३ हजार ८३५ संक्रमितको मृत्यु भएको छ ।

कोरोनामुक्त हुनेमा अमेरिकामा ९७ हजार ६८४, जर्मनीमा ६५ हजार ५००, फ्रान्समा ४८ हजार १८७, रुसमा ४२ हजार ३२२ र टर्कीमा २२ हजार ८१६ जना रहेका छन् ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ३९२, रुसमा एक हजार २०, जर्मनीमा ४७५, टर्कीमा १७९, बेलायतमा १४० र फ्रान्समा १७० जना रहेका छन् ।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या २७ करोड ७४ लाख ५६ हजार ४०३ पुगेको छ । तीमध्ये २४ करोड ८५ लाख ७१ हजार २२५ जना निको भइसकेका छन् भने ५३ लाख ९२ हजार ५३८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ६ : ५२ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती