बढ्यो दैनिक थपिने कोरोना संक्रमितको संख्या « Khabarhub

बढ्यो दैनिक थपिने कोरोना संक्रमितको संख्या


८ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या बढेको छ ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ लाख ५१ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको हो ।

यूरोपमा मात्र ४ लाख ७० हजार १९४ जना थपिएका छन् । तीमध्ये अमेरिकामा मात्रै २ लाख १७ हजार ३४९, बेलायतमा एक लाख ६ हजार १२२, फ्रान्समा ८४ हजार २७२, स्पेनमा ६० हजार ४१, जर्मनीमा ४५ हजार ८५८, इटलीमा ३६ हजार २९३ र रुसमा २५ हजार २६४ जना छन् ।

एसियामा टर्कीमा सबैभन्दा धेरै १९ हजार ९५ जना संक्रमित थपिएका छन् । साउद अफ्रिकामा २१ हजार ९८ जनामा पहिचान भएको छ ।
यही अवधिमा ३ लाख ३२ हजार ५६५ जना कोरोनामुक्त भएका छन् भने ३ हजार ८३५ संक्रमितको मृत्यु भएको छ ।

कोरोनामुक्त हुनेमा अमेरिकामा ९७ हजार ६८४, जर्मनीमा ६५ हजार ५००, फ्रान्समा ४८ हजार १८७, रुसमा ४२ हजार ३२२ र टर्कीमा २२ हजार ८१६ जना रहेका छन् ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ३९२, रुसमा एक हजार २०, जर्मनीमा ४७५, टर्कीमा १७९, बेलायतमा १४० र फ्रान्समा १७० जना रहेका छन् ।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या २७ करोड ७४ लाख ५६ हजार ४०३ पुगेको छ । तीमध्ये २४ करोड ८५ लाख ७१ हजार २२५ जना निको भइसकेका छन् भने ५३ लाख ९२ हजार ५३८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ६ : ५२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल