अनाथ बालबालिकाका लागि ५० लाखको अक्षयकोष « Khabarhub

अनाथ बालबालिकाका लागि ५० लाखको अक्षयकोष


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्‍याएकाे छ ।

रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले यो वर्षसम्म एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको थियो । तर, कोराना महामारीका कारण सहयोग नजुट्दा लक्ष्य पूरा हुन नसकेको आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले बताइन् ।

अहिले अक्षयकोषबाट प्राप्त हुने ब्याज र दाताको सहयोगमै बालबालिकाको पालनपोषण भैरहेको छ। तर, खर्च जुटाउन निकै मुस्किल परेको आश्रमकी अध्यक्ष भण्डारीको भनाइ छ। ‘आगामी दिनमा अक्षयकोष एक करोड पुर्‍याउने लक्ष्य छ,’ भण्डारीले भनिन् ।

अक्षयकोष एक करोड पुर्‍याएर त्यसैको ब्याजबाट आश्रमको व्यवस्थापन खर्च र बालबालिकाको पालनपोषण तथा अध्ययनमा खर्चिने उनको योजना छ।

भण्डारीका अनुसार हालसम्म ३७ जनाले आश्रय लिइसकेका छन् । ‘अहिले नौ जना अनाथ मात्रै आश्रममा छन्,’ भण्डारीले भनिन् । आश्रममा आश्रय लिएर उच्च शिक्षा हासिल गरिसकेका २८ जना आश्रमबाट बिदा भैसकेका छन् ।

आश्रमको व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकाले पनि सहयोग गर्दै आएको तिलोत्तमा ६ का वडाअध्यक्ष सुकदेव न्यौपानेले बताए ।

२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट स्थापना भएको संस्था २०६२ सालबाट आत्मशान्ति अनाथ आश्रमको रुपमा स्थापना भएको हो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १० : २५ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार