कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय « Khabarhub

कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदैआएको  छ ।

लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएका हुन् । उनले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैले उक्त जिम्मेवारी सम्हाल्ददै आएको जानकारी दिए ।

पटक–पटक कार्यालय प्रमुखको रुपमा यस कार्यालयमा  उपसचिवको सरुवा भए पनि फेरि तुरुन्तै अन्यत्र सरुवा भई जाने, वा यहाँ दरबन्दी भए पनि काजमा जाने गरेकाले यो कार्यालय लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदै आएको पाइन्छ ।

५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन् । अधिकांश कर्मचारी नहुँदा  कार्यालय सञ्चालनमा कठिनाई हुँदै आएको अधिकृत तिवारीको भनाइ थियो ।

हाल एक उपसचिव, एक प्रशासन अधिकृत, एक अधिकृत (मालपोत), पाँच नायब सुब्बालगायत अन्य कर्मचारीसमेत रिक्त छन् । कार्यालयबाट नियमितरुपमा जग्गा रजिष्टेसन, दृष्टिबन्दक (ऋण लिदा गरिने जग्गा रोक्का/फुकुवा),  नामसारीजस्ता काम हुँदै आएका छन् ।

साविकको मालपोत र भूमिसुधार गरी दुई वटा फरक–फरक कार्यालयलाई एकिकृत गरी अहिले भूमि सुधार तथा मालपोत कार्यालयको रुपमा सञ्चालन हुँदैआएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १२ : १५ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध