पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन « Khabarhub

पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज–देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७७÷७८को साउनदेखि मङ्सिर मसान्त सम्मको पाँच महिनामा रु ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन गरिएकामा चालू आवको सोही अवधिमा रु ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजश्व सङ्कलन भएको छ । यो गत आवको तुलनामा ५२दशमलव५० प्रतिशत बढी हो ।

विभागलले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा रु ८२ अर्ब ६१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा रू छ अर्ब आठ करोड ६६ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको बताए ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा रु ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा रु तीन अर्ब ४२ करोड ४१ लाख बढी राजस्व सङ्कलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट सङ्कलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १ : १५ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ