फागुन २७ मा ‘आकासे खेती’ | Khabarhub Khabarhub

फागुन २७ मा ‘आकासे खेती’


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ ले अफिसियल पोस्टरसँगै रिलिज मिति पनि सार्वजनिक गरेको छ । फिल्म आगामी फागुन २७ गते रिलिज हुनेछ ।

पोस्टरमा प्रमुख कलाकारहरु गौरव पहारी, विल्सनविक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रवीन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देललगायतका कलाकारलाई समेटिएको छ ।

निर्देशक सुब्बाले फिल्मले तिब्बती शरणार्थी र परिश्रम नै नगरी पैसा कमाउने युवाहरुको सपना र चाहनाको कथालाई देखाउने बताए ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दिलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको संवाद कलाकार विल्सनविक्रम राई ‘तक्के बुढा’ले लेखेका हुन् ।

एसएस इन्टरनेशनल फिल्मस् र तोक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा विक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिवको नृत्य, विकास चौधरी र बादल लिब्बुको संगीत छ । फिल्मलाई जिजि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  २ : १४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ