आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई « Khabarhub

आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्तिलाई पूरा गर्न पर्यटन प्रवर्द्धन मुख्य कार्य भएको बताएका छन् । इलामको माई नगरपालिका–१ मा बिहीबार शुरु भएको चारदिने तेह्रकुने महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार प्रसार आवश्यक रहेको बताए ।

उनले तेह्रकुने सिमसार क्षेत्रको विकास र संरक्षणका लागि प्रदेश सरकारले उचित ध्यान दिने बताए । चुरे क्षेत्रमा रहेको तेह्रकुने पोखरीको प्रचार प्रसारको लागि चारदिने महोत्सव आयोजना गरिएको हो । प्रदेश सांसद काजीमान कागतले, नगरपालिका प्रमुख दीपक थेबे लगायतका वक्ताले सिमसार क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन अनुसारको काम अघि बढाउनुपर्नेमा जोड दिए ।

महोत्सवको अवसर पारेर पोखरीमा दुई वटा डुंगा सयरको व्यवस्था गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा राई, लिम्बु, सुनुवार र उराउ जातिको सांस्कृतिक झाकी प्रदर्शन गरिएको छ । मुख्यमन्त्री राईले सांस्कृतिक बाजा च्याब्रुङ बजाएर महोत्सवको उद्घाटन गरेका थिए। चारदिने महोत्सवमा स्थानीय जातजातिको झाकी र भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

त्यस्तै प्रत्येक दिन साङ्गीतिक कार्यक्रम हुने हुनेछन् । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको महोत्सवमा सिस्नोका विभिन्न परिकार, वाचिपा (मासुको परिकार), ढिँडो, गुन्द्रुकको अचार जस्ता परिकारको व्यवस्था गरिएको छ ।

सामुन्द्रिक सतहबाट पाँच सय मिटरको फिटको उचाइमा रहेको तेह्रकुने सिमसार क्षेत्रको झापाबाट नजिकैको दुरीमा पर्ने भएकाले पर्यटकको रोजाइमा पर्न सक्छ । चुरे क्षेत्रमा रहेको तेह्रकुने पोखरी पर्यापर्यटनको दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

स्थानीयको अग्रसरतामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, वन मन्त्रालय र जलाधार व्यवस्थापन कार्यालयले पोखरीको संरक्षणमा लगानी गरेका छन् । ३५ रोपनी जग्गामा फैलिएको पोखरी चुरे क्षेत्रका लागि रिचार्ज टङ्कीको रूपमा काम गर्न सक्छ ।

सिमसार क्षेत्रमा बालबालिका देखि बृद्धबद्धासम्मको लागि छुट्टाछुट्टै उद्यान बनाउने, आकाशे पुल, भ्यु टावर र पोखरीलाई सिंगार्ने योजना छन् । चार दिने महोत्सवमा १६ देखि २० हजारसम्म पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ७ : २० बजे

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख