अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ई–पासपोर्ट व्यवस्था गरिएको परराष्ट्रको दाबी (भिडियो) « Khabarhub

अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ई–पासपोर्ट व्यवस्था गरिएको परराष्ट्रको दाबी (भिडियो)


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ककाठमाडौँ– परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्डको बनाउनका लािग विद्युतीय राहदानीको व्यवस्था गरिएको जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव भरतराज पौड्यालले एमआरपीलाई स्तरोन्नती गर्दै अन्तर्राष्ट्रिय मापदण्डको बनाउनका लागि विद्युतीय राहदानीको व्यवस्था गरिएको बताए।

उनले चिपसहितको कार्ड विद्युतीय राहदानीमा रहेको र यसले सुरक्षालाई निकै मजबुद बनाउने जानकारी दिए । राहदानीबाहक बाहेक अन्यले राहदानी दुरुपयोग गर्ने संभावना अव अन्त्य भएको र विश्वका १०० भन्दा देशले विद्युतीय राहदानीको व्यवस्था गरेको उनले जानकारी दिए ।

बैठकमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानी राष्ट्रियपरिचय पत्रसंग आवद्ध गर्नु चूनौतिपूर्ण रहेको बताए । उनले कर्मचारीका अभावका कारण मुलुकभर सहज ढंगले काम गर्न कठिनाइ भएको जिकिर गरे।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ८ : १० बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि