आप्रवासी कामदारको अनुमति (भिसा) रद्द गर्दै कुवेत « Khabarhub

आप्रवासी कामदारको अनुमति (भिसा) रद्द गर्दै कुवेत


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कुवेतले आप्रवासी कामदारको अनुमति (भिसा) रद्द गर्न थालेको छ । कोरोना महामारीको कारण विदेशमा फसेका आप्रवासी कामदारका लागि काम र रेसिडेन्सी अनुमति नवीकरण गर्न अनुमति दिने निर्णय गरेको कुवेतले अहिले ती अनुमति धमाधम रद्द गर्न थालेको जनाएको छ।

कोरोनाका करण लकडाउन, एयरपोर्ट बन्द तथा कुवेत फर्कने कठिनाई भएको भन्दै भिसा रद्द गर्न सुरू गरिएको जनाएको छ । कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरले एक प्रतिवेदन जारी गर्दै १० दिनको अवधिमा विदेशमा फसेका ९३५ आप्रवासी कामदारहरूको रेसिडेन्सी अनुमति (भिसा) रद्द गरेको जनाएको छ ।

मेनपावरका अनुसार उनीहरूको प्रायोजक वा कम्पनीहरूले उनीहरूको कामको अनुमति नवीकरण गर्न असफल भएकोले भिसा रद्द गरिएको जनाएको छ ।

जनवरी १२ मा नयाँ ‘एशल’ प्रणाली सुरू भएदेखि २ हजार ७२६ रेसिडेन्सी अनुमति रद्द गरिएको र १ हजार ५८४ जनाले मुलुक छोडी सकेको जनाएको छ । करीव ३० हजार आप्रवासी कामदारहरुले अनुमति नवीकरण गरिएको थियो ।

कुवेत सरकारको यो निर्णयसँगै बिदामा नेपाल गएर र कोरोनाका करण फर्किन नसकेका हजारौं नेपाली कामदारहरुको रोजगारी गुम्ने खतरा बढेको छ । कुवेतमा करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

यता, कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ। आजदेखि यो निर्णयको लागुहुने जनाएको छ ।

त्यहाँको नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले एयरलाइन्सलाई आज देखि फेब्रुअरी ६ तारिकसम्म यहाँ आउने एउटा विमानले ३५ जना भन्दाबढी यात्रु बोक्न नपाउने भएको छ ।

कुवेतको स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना महामारी थप फैलिन सक्ने तथा नयाँ तनाव नियन्त्रण गर्न यस्तो कदम चालिएको नागरिक उड्डयन महानिर्देशालयलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १० : १० बजे

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू