आप्रवासी कामदारको अनुमति (भिसा) रद्द गर्दै कुवेत « Khabarhub

आप्रवासी कामदारको अनुमति (भिसा) रद्द गर्दै कुवेत


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कुवेतले आप्रवासी कामदारको अनुमति (भिसा) रद्द गर्न थालेको छ । कोरोना महामारीको कारण विदेशमा फसेका आप्रवासी कामदारका लागि काम र रेसिडेन्सी अनुमति नवीकरण गर्न अनुमति दिने निर्णय गरेको कुवेतले अहिले ती अनुमति धमाधम रद्द गर्न थालेको जनाएको छ।

कोरोनाका करण लकडाउन, एयरपोर्ट बन्द तथा कुवेत फर्कने कठिनाई भएको भन्दै भिसा रद्द गर्न सुरू गरिएको जनाएको छ । कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरले एक प्रतिवेदन जारी गर्दै १० दिनको अवधिमा विदेशमा फसेका ९३५ आप्रवासी कामदारहरूको रेसिडेन्सी अनुमति (भिसा) रद्द गरेको जनाएको छ ।

मेनपावरका अनुसार उनीहरूको प्रायोजक वा कम्पनीहरूले उनीहरूको कामको अनुमति नवीकरण गर्न असफल भएकोले भिसा रद्द गरिएको जनाएको छ ।

जनवरी १२ मा नयाँ ‘एशल’ प्रणाली सुरू भएदेखि २ हजार ७२६ रेसिडेन्सी अनुमति रद्द गरिएको र १ हजार ५८४ जनाले मुलुक छोडी सकेको जनाएको छ । करीव ३० हजार आप्रवासी कामदारहरुले अनुमति नवीकरण गरिएको थियो ।

कुवेत सरकारको यो निर्णयसँगै बिदामा नेपाल गएर र कोरोनाका करण फर्किन नसकेका हजारौं नेपाली कामदारहरुको रोजगारी गुम्ने खतरा बढेको छ । कुवेतमा करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

यता, कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ। आजदेखि यो निर्णयको लागुहुने जनाएको छ ।

त्यहाँको नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले एयरलाइन्सलाई आज देखि फेब्रुअरी ६ तारिकसम्म यहाँ आउने एउटा विमानले ३५ जना भन्दाबढी यात्रु बोक्न नपाउने भएको छ ।

कुवेतको स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना महामारी थप फैलिन सक्ने तथा नयाँ तनाव नियन्त्रण गर्न यस्तो कदम चालिएको नागरिक उड्डयन महानिर्देशालयलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १० : १० बजे

लुम्बिनी लायन्सका शेरको शिकार भए जनकपुर बोल्ट्सका कंसाकार

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री  डा मदनप्रसाद परियार र नेपालका लागि

नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो

काठमाडौं– पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका

जनकपुरका कप्तान परिवर्तन

काठमाडौं- साविक विजेता जनकपुर बोल्ट्सले एनपिएलको जारी सिजनमा फेरि कप्तान

जनकपुरका तीन ब्याटर सस्तैमा पेभेलियन फर्किए

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले