विद्युत उत्पादनको केन्द्र बन्दैछ ताराखोला « Khabarhub

विद्युत उत्पादनको केन्द्र बन्दैछ ताराखोला


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताराखोला (बाग्लुङ्)– बाग्लुङ्को मध्यभागमा रहेको राखोला गाउँपालिका उज्यालो गाउँपालिका भनेर परिचय बनाउदै गएको छ ।

केही वर्षअघिसम्म विजुली नभएर टुकिका भरमा रहनु परेका ताराखोला गाउँपालिकाबासी अब गाउँमा लघु जलविद्युत आयोजनाहरु सञ्चालनमा आउन थालेपछि उज्यालो गाउँपालिका भनेर चिनिदै जान थालेको हो ।

यहि गाउँपालिका भएर बग्ने ताराखोलाले गाउँपालिकाको पहिचान मात्र बनाएको छैन, गाउँपालिकालाई उज्यालो दिन सफल भएको छ । ताराखोलाबाट उत्पादन भएको विजुलीले गाउँघर उज्यालो मात्र बनाएको छैन, अन्य छिमेकी गाउँपालिकालाई बेच्ने योजनामा रहेको छ ।

ताराखोलाबाट नै ताराखोला गाउँपालिका रहन गएको यो गाउँपालिकाले गाउँपालिकाबाट उत्पादित विजुली बिक्री गरेर गाउँपालिकाको आम्दानी बढाउन सकिन्छ भनेर लघु जलविद्युत आयोजना सञ्चालन गर्न अनुमति प्रदान गरेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिमगरले बताए ।

बागलुङको ताराखोलामा अहिले जलविद्युत आयोजना निर्माणको कामले तीब्र गतिमा अगाडि बढेको छ । यसअघि २ मेगावाट विद्युत उत्पादन गरिसकेको ताराखोलामा २ दशमलव २ मेगावाटको अर्को विद्युत उत्पादन गर्ने तयारी भइरहेको छ ।

ताराखोलालाई विद्युत उत्पादनको केन्द्र बनाउने उद्देश्यले विभिन्न ठाउँमा ४ जल विद्युत आयोजना निर्माणाधीन रहेको छन् ।

ती मध्ये ताराखोला साना जलविद्युत आयोजनाले आफ्नो काम तीब्र गतिमा अगाडि बढाएको छ । ताराखोला गाँउपालिका –५ स्थित मध्य ताराखोला हाइड्रोपावर कम्पनीले जलविद्युत आयोजनाको निर्माण कार्य जारी राखेको छ ।

गत वर्षको माघदेखि सुरू भएको विद्युतको निर्माण कार्य कोरोनाका कारण झण्डै ६ महिना रोकिएको थियो ।

०७६ माघदेखि निर्माण कार्य सुरू गरिएको यो आयोजनामा ताराखोलाको साथै सेल्टर खोला र नावेली खोलाको पनि पानी मिसाएर २.२ क्षमताको विद्युत उत्पादन गर्न लागिएको मध्य ताराखोला हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक अनिल खड्काले बताए । आगामी २०७८ को असोजमा निर्माण सम्पन्न गर्ने गरी यो आयोजनाको काम भइरहेको खड्काले बताए ।

ताराखोलाको पानीलाई व्यवस्थित गरेर नहर निर्माण गरी जलविद्युत उत्पादन गर्न लागिएको हो ।

ताराखोला गाउँपालिका ५ ताराखोलामा नै २ मेगावाटको अर्को जलविद्युत आयोजना पनि रहेको छ । विद्युत उत्पादन गर्ने निजी कम्पनीहरुलाई काम गर्न सहज होस् भनी स्थानीयरुपमा आफूहरुले मध्यस्थता गर्ने काम गरेको ताराखोला गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

आयोजनाका परामर्शदाता अनुप खनालकाअनुसार ताराखोलाबाट बग्ने पानीको झण्डै एक सय वर्षको विस्तुत अध्ययन गरी यसले पुर्याउने क्षतिबारे अध्ययन गरिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनले तोकेबमोजिम करका दायराहरुलाई फराकिलो बनाइ आन्तरिक आयलाई बढाउन व्यवस्थित गर्नको लागि ताराखोला गाउँपालिकाले कृषि तथा पर्यटन क्षेत्रलाई पनि अघि बढाएको छ ।

गाइघाट झरनालाई पर्यटकीय स्थलको रुपमा विकास गरि पर्यटन शुल्क उठाउने, गाउँपालिकाबाट अन्यत्र निकासी हुने वस्तुलाई निकासी करको दायरामा ल्याउने, होमस्टे सञ्चालन गर्ने, गाउँपालिका क्षेत्रमा तामाखानी लगायतका अन्य खानीजन्य वस्तुको उत्पादनको वातावरण निर्माण गर्ने कार्यमा गाउँपालिका क्रियाशिल छ ।

गाउँपालिका अध्यक्ष घर्तिकाअनुसार वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र सार्वजनिक, नीजि साझेदारी ऐन, २०७७ सभाबाट स्वीकृत भई नीजि क्षेत्रसँगको साझेदारीमा गाउँपालिकाको दीर्घकालिन स्रोतको नीतिगत पूर्वाधार तयार गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १ : ५० बजे

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका