सुदुरपश्चिमको सान्त्वना जित « Khabarhub

सुदुरपश्चिमको सान्त्वना जित


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ लाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश २ ले सुदुरपश्चिमलाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको थियो । सुदुरपश्चिमले मात्रै ७ विकेट गुमाएर ३३ ओभरमा लक्ष्य पुरा गर्‍यो ।

सुदुरपश्चिमका ओपनरद्वयले राम्रो सुरुवात गरेका थिए । जसमा उनीहरुले ७८ रनको साझेदारी खेलेका थिए । ओपनर गजेन्द्र बोहराले छ चौकाको मद्दतमा ३९ रन बनाए भने कप्तानसमेत रहेका खडक बोहराले उतिनै चौकाको मद्दतमा ४३ रन बनाए ।

यस्तै, सञ्जु धामीले अर्धशतक प्रहार गरे । उनले ३६ बलको सामना गर्दै २ छक्का र ८ चौकाको मद्दतमा ५७ रन बनाए भने अरुण ऐरीले १९ रन प्रहार गरे ।

सुदुरपश्चिमविरुद्ध प्रदेश २ का ९ जना खेलाडीले बलि गरे । तर, विकेट झार्न सकेनन् । सुदुरपश्चिमविरुद्ध प्रदेश २ को बलि फिक्का बन्यो । सुदुरपश्चिमविरुद्ध प्रदेश २ का कुमार थापाले ३ विकेट लिए । यस्तै, हरिशंकर शाहले २ विकेट लिए भने रवि शाह र विवेक यादवले समान एक –एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । उसका लागि हरिशंकर शाहले अर्धशतकसहित ६० रन बनाएका थिए । उनले ७३ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए ।

यस्तै, विवेक यादवले ३ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाए महेबुब आलमले २३ रन बनाउँदा प्रदेश २ ले ३२ रन एक्स्ट्रा पाएको थियो ।

प्रदेश २ विरुद्ध सुदुरपश्चिमका नरेन्द्र सावद र शेर मल्लले समान ३–३ विकेट लिए । यस्तै, अरुण ऐरीले २ विकेट लिए भने हेमन्त धामी र भोजराज भट्टले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  २ : ५९ बजे

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका