सुदुरपश्चिमको सान्त्वना जित « Khabarhub

सुदुरपश्चिमको सान्त्वना जित


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ लाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश २ ले सुदुरपश्चिमलाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको थियो । सुदुरपश्चिमले मात्रै ७ विकेट गुमाएर ३३ ओभरमा लक्ष्य पुरा गर्‍यो ।

सुदुरपश्चिमका ओपनरद्वयले राम्रो सुरुवात गरेका थिए । जसमा उनीहरुले ७८ रनको साझेदारी खेलेका थिए । ओपनर गजेन्द्र बोहराले छ चौकाको मद्दतमा ३९ रन बनाए भने कप्तानसमेत रहेका खडक बोहराले उतिनै चौकाको मद्दतमा ४३ रन बनाए ।

यस्तै, सञ्जु धामीले अर्धशतक प्रहार गरे । उनले ३६ बलको सामना गर्दै २ छक्का र ८ चौकाको मद्दतमा ५७ रन बनाए भने अरुण ऐरीले १९ रन प्रहार गरे ।

सुदुरपश्चिमविरुद्ध प्रदेश २ का ९ जना खेलाडीले बलि गरे । तर, विकेट झार्न सकेनन् । सुदुरपश्चिमविरुद्ध प्रदेश २ को बलि फिक्का बन्यो । सुदुरपश्चिमविरुद्ध प्रदेश २ का कुमार थापाले ३ विकेट लिए । यस्तै, हरिशंकर शाहले २ विकेट लिए भने रवि शाह र विवेक यादवले समान एक –एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । उसका लागि हरिशंकर शाहले अर्धशतकसहित ६० रन बनाएका थिए । उनले ७३ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए ।

यस्तै, विवेक यादवले ३ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाए महेबुब आलमले २३ रन बनाउँदा प्रदेश २ ले ३२ रन एक्स्ट्रा पाएको थियो ।

प्रदेश २ विरुद्ध सुदुरपश्चिमका नरेन्द्र सावद र शेर मल्लले समान ३–३ विकेट लिए । यस्तै, अरुण ऐरीले २ विकेट लिए भने हेमन्त धामी र भोजराज भट्टले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  २ : ५९ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका