ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने 'दाहाल–नेपाल' समूहको निर्णय (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने ‘दाहाल–नेपाल’ समूहको निर्णय (भिडियोसहित)


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष ओलीलाई पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको उनले बताए ।

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो ।

तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको उनले बताए ।

हेरौँ भिडियो

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो ।

गत पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।

बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई थप्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको संसद् विघटन विरुद्धको यसअघि संचालित संघर्षका कार्यक्रम र माघ ९ गतेको विरोध प्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ ।

त्यस्तै सोमबार नै संघर्षको अर्को चरणको आन्दोलन घोषण गर्ने प्रवक्ता श्रेष्ठले बताए । यस्तै, बैठकले पार्टीको प्रदेश, जिल्ला, जनवर्गीय संगठनलगायतमा रिक्त पदमा पदाधिकारीहरुको चयन र अन्य सांगठनिक एकीकरणका काम टुंगाउने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ । स्थायी कमिटीको अर्को बैठक मंगलबार बस्ने  उनले  बताए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ४७ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै