ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने ‘दाहाल–नेपाल’ समूहको निर्णय (भिडियोसहित) « Khabarhub

ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने ‘दाहाल–नेपाल’ समूहको निर्णय (भिडियोसहित)


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष ओलीलाई पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको उनले बताए ।

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो ।

तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको उनले बताए ।

हेरौँ भिडियो

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो ।

गत पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।

बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई थप्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको संसद् विघटन विरुद्धको यसअघि संचालित संघर्षका कार्यक्रम र माघ ९ गतेको विरोध प्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ ।

त्यस्तै सोमबार नै संघर्षको अर्को चरणको आन्दोलन घोषण गर्ने प्रवक्ता श्रेष्ठले बताए । यस्तै, बैठकले पार्टीको प्रदेश, जिल्ला, जनवर्गीय संगठनलगायतमा रिक्त पदमा पदाधिकारीहरुको चयन र अन्य सांगठनिक एकीकरणका काम टुंगाउने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ । स्थायी कमिटीको अर्को बैठक मंगलबार बस्ने  उनले  बताए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ४७ बजे

सम्पदाको संरक्षणमा एउटा पहल : आज विश्व सम्पदा दिवस

काठमाडौंँ – सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख शुक्ल

आज २०८३ साल वैशाख ५ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो