बेरुजु फर्स्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट « Khabarhub

बेरुजु फर्स्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक वर्ष २०७६/०७७मा बेरुजु फर्स्योट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ।

समग्रमा ९५.४६ प्रतिशत फर्स्योट गरी बेरुजु फर्स्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो।

नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णयअनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्स्योट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट बनाउन योगदान गर्ने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका थिए ।

पुरस्कृत हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत छन्।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्स्योटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरूप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ०५ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन