नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्न माग राख्दै धर्ना (भिडियोसहित) « Khabarhub

नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्न माग राख्दै धर्ना (भिडियोसहित)


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित नापी विभागमा धर्ना दिएको छ ।

नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म विभागमा धर्ना दिने जनाएको हो ।

अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागे पनि अझै सूचना नदिएको र सार्वजनिक पनि नगरिएकाले धर्ना दिएको बताए ।

नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका विषय पनि सार्वजनिक गर्नुपर्ने उहाको भनाइ छ ।

हेरौँ भिडियो

सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन-कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि सार्वजनिक गर्नुपर्ने जनाइएको छ । अभियानले सीमामा सुरक्षाको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ५० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको