नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्न माग राख्दै धर्ना (भिडियोसहित) « Khabarhub

नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्न माग राख्दै धर्ना (भिडियोसहित)


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित नापी विभागमा धर्ना दिएको छ ।

नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म विभागमा धर्ना दिने जनाएको हो ।

अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागे पनि अझै सूचना नदिएको र सार्वजनिक पनि नगरिएकाले धर्ना दिएको बताए ।

नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका विषय पनि सार्वजनिक गर्नुपर्ने उहाको भनाइ छ ।

हेरौँ भिडियो

सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन-कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि सार्वजनिक गर्नुपर्ने जनाइएको छ । अभियानले सीमामा सुरक्षाको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ५० बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक