प्रधानमन्त्रीले दिए मुख्यमन्त्री राईलाई दाम्पत्य जीवनको शुभकामना « Khabarhub

प्रधानमन्त्रीले दिए मुख्यमन्त्री राईलाई दाम्पत्य जीवनको शुभकामना


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । विवाह समारोहमा पुगेर उनले दुलाहा-दुलहीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका हुन ।

आज मुख्यमन्त्री राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा वैवाहिक बन्धनमा बाँधिएका हुन् । सीमित व्यक्तिहरुबीच भएको विवाहमा केही आफन्त तथा केही नेताहरुको उपस्थिति रहेको थियो ।

४९ वर्षीय मन्त्री राईले आफूभन्दा आधा उमेरकी संखुवासभाकी २३ वर्षीय शेर्पासँग काठमाडौंको एलिस पार्टी प्यालेसमा विवाह गरेका हुन् । आफ्नो जातीय पोशाकमा सजिए र राई र शेर्षाले धुमधामसाथ विवाह गरेका हुन ।

ज्याङ्मु र मुख्यमन्त्री राई एक वर्षदेखि प्रेममा थिए। मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १० : ०९ बजे

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा