तेह्र वर्षमै आमा बनेकी थिइन् श्रीदेवी ! « Khabarhub

तेह्र वर्षमै आमा बनेकी थिइन् श्रीदेवी !


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनय र सुन्दरतामा परिचित बलिउड अभिनेत्री श्रीदेवी निधन भएको आज ३ वर्ष पुगेको छ । उनको सन् २०१८ फेब्रुअरी २४ मा दुबईमा निधन भएको थियो । श्रीदेवीले बाल कलाकारका रुपमा अभिनय यात्रा सुरु गरेकी थिइन् ।

जीन्यूजमा प्रकाशित समाचार अनुसार श्रीदेवीले १३ वर्षको उमेरमा रजनीकान्तको आमाको भूमिकामा अभिनय गरेकी थिइन् । त्यसपछि उनले रजनीकान्तकै प्रेमिकाको भूमिका पनि निभाइन् ।

श्रीदेवीलाई तमिल फिल्म ‘मूंदरु मुदिचू’मा रजनीकान्तको आमाको भूमिका निभाउन प्रस्ताव आउदा उनी निकै खुशी भएकी थिइन् । किनकी त्यो समयमा रजनीकान्त सुपरस्टार भइसकेका थिए ।

त्यो समयमा रजनीकान्तको उमेर २५ वर्षको थियो । उक्त फिल्ममा श्रीदेवीले रजनीकान्तको सौतेली आमाको भूमिकामा अभिनय गरेकी थिइन् । यो फिल्ममा कमल हासनको पनि अभिनय थियो ।

श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अय्यप्पन थियो । तर फिल्ममा आएपछि उनले आफ्नो नाम श्रीदेवी राखिन् । श्रीदेवीले अनिल कपूरसँग १३ र जीतेन्द्रसँग १६ फिल्ममा अभिनय गरिन् ।

श्रीदेवीले अनिलका ठूलो दाजु बोनी कपुरसँग विवाह गरेपछि अनिल र श्रीदेवी वास्तविक देवर–भाउजू बने । उनले रजनीकान्तसँग २० फिल्ममा अभिनय गरिन् ।

श्रीदेवीको निधन दुबईको एक होटलको बाथरुममा भएको थियो । एक आफन्तको विवाहमा सहभागिता जनाउन पति बोनीसहित त्यहाँ पुगेकी उनको होटलको बाथटवमा डुबेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ५० बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक