प्रधानमन्त्रीले राजीनामा दिए पार्टी सकारात्मक हुनसक्छ : भीम रावल « Khabarhub

प्रधानमन्त्रीले राजीनामा दिए पार्टी सकारात्मक हुनसक्छ : भीम रावल


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूहका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा माग गरेका छन्।

नेता रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताए।

‘जनताको पक्षमा सर्वोच्चले फैसला गरेको छ। १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेशबमोजिम प्रतिनिधिसभा अगाडि बढ्छ। हामीले संसद्बाटै केपी ओलीलाई कारबाही गर्छौं। अब अहिलेको अवस्थामा सरकार गठन गर्ने कुराभन्दा पनि लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा हो,’ नेता रावलले भने ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले सर्वोच्चले जनताको पक्षमा फैसला उनको भनाइ छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : ३१ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के