लड्डु खाएर दाहाल र नेपालले के पाउँछन् हेर्नुछ : प्रधानमन्त्री ओली (भिडियोसहित) | Khabarhub Khabarhub

लड्डु खाएर दाहाल र नेपालले के पाउँछन् हेर्नुछ : प्रधानमन्त्री ओली (भिडियोसहित)


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य घटनाको रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला गरेपछि खुसियाली मनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘भाइ’ सम्बोधन गर्दै उनले कटाक्ष पनि गरे ।

बुधबार कृषि मन्त्रालयले सुरुवात गरेको नेपालको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लड्डु खाएर खुशीयाली मनाएका दाहाल र नेपालले के पाउँछन् त्यो आफूले हेर्ने टिप्पणी गरे ।

‘मेरा केही भाइहरुले लड्डु खुवाइ–खुवाइ गरे अरे,’ उनले भने, ‘जित्यौँ हामीले भनेर लड्डु खाएछन्, के जिते मलाई थाहा छैन, लड्डु खाएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नुछ ।’

हेरौँ भिडियो

प्रधानमन्त्री ओलीले दाहाल–नेपालले भोलि पर्सीदेखि आफ्नो राजीनामा माग्न थाल्छन् कि जस्तो आफूलाई लागेको बताए । उनले भने, ‘राजीनामा देऊ, राजीनामा देऊ’ भनेर ।’

उनले यतापट्टि चिन्ता गर्नु नपर्ने बताए । ‘को मान्छे कतिखेर के दुर्घटनामा परेर मर्न सक्छ भन्दै उनले भने ‘जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमान्दार,’ ओलीले भने ।

देश विकासको आकांक्षा र संकल्पमा अहिलेसम्म आफूमा कति पनि फरक नभएको ओलीले दाबी गरे ।

दाहाल–नेपालतर्फ इंगित गर्दै उनले स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराहरुले धेरै असर गर्ने बताए ।

करीब ३८ मिनेटको सम्बोधनका क्रममा केही मिनेट मात्रै राजनीतिक भाषण गरेका ओलीले सत्ता छाड्नु पर्दा पनि आफू दुखी नहुने संकेत गरे ।

शास्त्रका केही हरफ उदृत गर्दै उनले भने, ‘उदाउने खुशीयालीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु परेको दुःखमा पनि मुस्कुराउँदै रातै भएर अस्ताउँछ ।’

बच्चा जन्मिदा रुँदै जन्मने उल्लेख गर्दै उनले भने, ‘शायद सांसारिक दुनियाँमा आएपछि दुःख पाइन्छ कि क्यो हो भनेर रोएको होला । तर मर्दा कोही पनि रुँदैन ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ३४ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको