जेठको दोस्रो साताबाट एसईई, पाँच लाख परीक्षार्थी सहभागी हुँदै | Khabarhub Khabarhub

जेठको दोस्रो साताबाट एसईई, पाँच लाख परीक्षार्थी सहभागी हुँदै


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले (९–१०) यस वर्षको एसइई परीक्षा आगामी वर्षको जेठ महिनाको दोस्रो साताबाट सुरु हुने जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको र जेठको दोस्रो साताभित्र एसईईको परीक्षा सञ्चालन गर्ने गरी काम भइरहेको खबरहबलाई जानकारी दिए ।

‘परीक्षाको लागि प्रश्नपत्र तयार गर्ने लगायत काममा जुटिरहेका छौँ, बोर्डले गर्नुपर्ने आन्तरिक कार्य सकेर केही समयपछि परीक्षाको मिति सार्वजनिक गर्छौं,’ उनले भने ।

एसईईमा पाँच लाख परीक्षार्थी सहभागी हुने

यस वर्षको एसईई परीक्षामा करीब पाँच लाख परीक्षार्थी सहभागी हुने अपेक्षा गरिएको परीक्षा नियन्त्रक खकुरेलले बताए ।

अघिल्लो वर्षको जसरी परीक्षा दिन पाइन्छ भन्ने आशले यो वर्ष ग्रेड वृद्धिका लागि धेरै पुराना विद्यार्थीहरुले समेत परीक्षा आवेदन फाराम भरेको उनले जानकारी दिए ।

नेपाल सरकारले शिक्षा नियमालीको नवौं संशोधन गरेर जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रोभित्र सुरु गर्ने गरी तयारी गरि रहेको छ ।

गत वर्ष कोभिड–१९ का कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको बोर्डले यो वर्ष भने राष्ट्रियस्तरमै परीक्षा सञ्चालन गर्ने भएको छ ।

संविधानले माध्यामिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिए पनि एसईई परीक्षा सञ्चालन ऐन नबनेका कारण सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी यस वर्षको एसईई सञ्चालनको अधिकार बोर्डलाई दिएको थियो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : १० बजे

सागसब्जी बेचेर मासिक एक लाख आम्दानी

सुनसरी– प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्

‘झोला’का निर्देशक भट्टराईको फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक, मोबाइल एडिक्सनको नौलो कथा

काठमाडौं – ‘झोला’ फिल्मका निर्देशक यादकुमार भट्टराईको नयाँ फिल्म ‘झिल्को’को

प्रि ओपन सेसन : झिनो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रि ओपन सेसनमा बुधबार झिनो

विद्रोही बाजहाङलाई फुङलिङमा मृत्युदण्ड…

लिम्बूहरुको प्राचीन थातथलोमध्येको एक आठराई (हाल तेह्रथुम) क्षेत्रका आठ प्रमुख

बेनी–दरवाङ सडक : रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी– बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र भएको छ । पूर्वाधार