उतारचढावकाबीच अन्तिम समयमा १२.५६ अंकले बढ्यो नेप्से « Khabarhub

उतारचढावकाबीच अन्तिम समयमा १२.५६ अंकले बढ्यो नेप्से


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नप्से) उतार चढाव हुँदै अन्तिम समयमा बढेको छ।

बजार खुलेसँगै घटेको सेयर बजार अन्तिम समयमा आएर १२ दशमलव ५६ अंकले बढेको हो। यो सँगै नेप्से परिसूचक २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ।

बुधबार २ सय ४ सय कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार भन्दा धेरै रकमको कारोबार भयो।

बुधबार हाइड्रोपावर र अन्य समूहका सेयर बाहेक सबै समूहका सेयरमा हरियाली छायो। बुधबार सबैभन्दा धेरै आइएमइ जनरल इन्सोरेन्स, नेपाल फाइन्यान्स कम्पनी र चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

यस्तै सबैभन्दा धेरै गुमाउनेमा नेपाल इन्फ्रास्टक्चर बैंकका लगानीकर्ताले करिव साढे ५ प्रतिशत गुमाएका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ५९ बजे

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं–  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति