आमिर खानलाई कोरोना संक्रमण « Khabarhub

आमिर खानलाई कोरोना संक्रमण


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ देखिएपछि ‘लाल सिंह चड्डा’ अभिनेताले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् ।

आमिरले स्वास्थ्य लाभ गरेपछि मात्र फिल्म ‘लाल सिंह चड्डा’को बाँकी सुटिङ पुरा गर्नेछन् ।

बलिउडमा पछिल्लोपटक रणवीर कपूर, सञ्जय लीला भन्साली, मनोज वाजपेयी, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, सतिश कौशिक र अमित रविन्दरनाथ शर्मालाई कोरोना संक्रमण भइसकेको छ ।

केही दिन अघि मात्र ‘भूल भुलैया २’ अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण भएको थियो । बलिउडमा कोरोना संक्रमणको पहिलो केस सन् २०२० को मार्चमा गायिका कनिका कपूरबाट सुरु भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना