बेडरुममा के गर्छन् यी अभिनेता र अभिनेत्री ? | Khabarhub Khabarhub

बेडरुममा के गर्छन् यी अभिनेता र अभिनेत्री ?


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री सोनम कपूरदेखि विद्या वालनसम्मले आफ्नो बेडरुम सिक्रेट फ्यानमाझ सार्वजनिक गरिसकेका छन् ।

एकपटक दीपिका पादुकोणले रणवीर सिंहको विषयलाई लिएर सार्वजनिक कार्यक्रममा के बोलेकी थिइन्, उनीसँगै रहेका रणवीर लजाएका थिए ।

अभिनेता अभिनेत्रीको बेडरुम गतिविधि कस्तो रहन्छ भनेर नवभारत टाइम्सले एक समाचार तयार पारेको छ ।

बलिउड कलाकारहरु आफ्नो व्यक्तिगत जीवनलाई सार्वजनिक बहसको विषय कमै बनाउन चाहन्छन् । तर कहिलेकाँही उनीहरुले सोचे जस्तो भइदिँदैन ।

करण जोहारसँगको च्याट शोमा अभिनेत्री विद्याले ‘काम’ पछि आफूलाई पानीको आवश्यकता पर्ने खुलाएकी थिइन् ।

करणले विद्यालाई ‘‘काम’ पछि चकलेट, ग्रीन टी या फेरी त्यही ‘काम’ चाहन्छौ ?’ भनेर सोध्दा विद्याले ‘पानी’को उत्तर दिएकी थिइन् ।

सन् २०१९ मा भएको एक अवार्ड समारोहमा अभिनेत्री दीपिकाले यस्तै एक मजेदार किस्सा सुनाउँदा अभिनेता रणवीर लजाएका थिए । यो अवार्डमा दीपिका र रणवीरले एकअर्काको गोप्य कुरा सार्वजनिक गरेका थिए ।

‘रणवीर निकै समयसम्म नुहाउछन् । उसको ट्वाइलेटमा पनि त्यही समस्या हो । ऊ ओछ्यानमा पनि निकै समय लगाउछ’, दीपिकाले भनेकी थिइन् ।

अभिनेता सैफ अली खानका अनुसार पत्नी करीना ओछ्यानमा जानु अघि टेलिभिजन हेर्छिन् र प्रार्थना गर्छिन् । त्यो बाहेक ओछ्यानमा जानु अघि उनी केसम्म गर्छिन् भन्ने कुरा आफूले बताउन नसक्ने खुलाएका थिए ।

आफ्नो फेसनेबल आउटफिटका कारण चर्चामा आइरहने अभिनेत्री सोनम कपूले आफ्नो बेडरुम सिक्रेट सार्वजनिक गरेकी छन् ।

सोनमका अनुसार रातीको समयमा उनी बेडरुमको बत्ती निभाउदिनन् । उनी सुत्नु अघि बाथरुम या अन्य कोठामा मोबाइल चार्जमा राख्छिन् ।

अभिनेत्री सामन्था अक्किनेनीका अनुसार उनका पति नागा चैतन्यको पहिलो श्रीमति तन्ना हो । ‘जब म नागालाई किस गर्न चाहन्छु, त्यो बेला बीचमा तन्नाले अवरोध गर्छ’, उनले हाँस्दै भनेकी छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ३ : ४१ बजे

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी– रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकट अन्त्य

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारिसाधन बाहिरिन पाउने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात