बेडरुममा के गर्छन् यी अभिनेता र अभिनेत्री ? « Khabarhub

बेडरुममा के गर्छन् यी अभिनेता र अभिनेत्री ?


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री सोनम कपूरदेखि विद्या वालनसम्मले आफ्नो बेडरुम सिक्रेट फ्यानमाझ सार्वजनिक गरिसकेका छन् ।

एकपटक दीपिका पादुकोणले रणवीर सिंहको विषयलाई लिएर सार्वजनिक कार्यक्रममा के बोलेकी थिइन्, उनीसँगै रहेका रणवीर लजाएका थिए ।

अभिनेता अभिनेत्रीको बेडरुम गतिविधि कस्तो रहन्छ भनेर नवभारत टाइम्सले एक समाचार तयार पारेको छ ।

बलिउड कलाकारहरु आफ्नो व्यक्तिगत जीवनलाई सार्वजनिक बहसको विषय कमै बनाउन चाहन्छन् । तर कहिलेकाँही उनीहरुले सोचे जस्तो भइदिँदैन ।

करण जोहारसँगको च्याट शोमा अभिनेत्री विद्याले ‘काम’ पछि आफूलाई पानीको आवश्यकता पर्ने खुलाएकी थिइन् ।

करणले विद्यालाई ‘‘काम’ पछि चकलेट, ग्रीन टी या फेरी त्यही ‘काम’ चाहन्छौ ?’ भनेर सोध्दा विद्याले ‘पानी’को उत्तर दिएकी थिइन् ।

सन् २०१९ मा भएको एक अवार्ड समारोहमा अभिनेत्री दीपिकाले यस्तै एक मजेदार किस्सा सुनाउँदा अभिनेता रणवीर लजाएका थिए । यो अवार्डमा दीपिका र रणवीरले एकअर्काको गोप्य कुरा सार्वजनिक गरेका थिए ।

‘रणवीर निकै समयसम्म नुहाउछन् । उसको ट्वाइलेटमा पनि त्यही समस्या हो । ऊ ओछ्यानमा पनि निकै समय लगाउछ’, दीपिकाले भनेकी थिइन् ।

अभिनेता सैफ अली खानका अनुसार पत्नी करीना ओछ्यानमा जानु अघि टेलिभिजन हेर्छिन् र प्रार्थना गर्छिन् । त्यो बाहेक ओछ्यानमा जानु अघि उनी केसम्म गर्छिन् भन्ने कुरा आफूले बताउन नसक्ने खुलाएका थिए ।

आफ्नो फेसनेबल आउटफिटका कारण चर्चामा आइरहने अभिनेत्री सोनम कपूले आफ्नो बेडरुम सिक्रेट सार्वजनिक गरेकी छन् ।

सोनमका अनुसार रातीको समयमा उनी बेडरुमको बत्ती निभाउदिनन् । उनी सुत्नु अघि बाथरुम या अन्य कोठामा मोबाइल चार्जमा राख्छिन् ।

अभिनेत्री सामन्था अक्किनेनीका अनुसार उनका पति नागा चैतन्यको पहिलो श्रीमति तन्ना हो । ‘जब म नागालाई किस गर्न चाहन्छु, त्यो बेला बीचमा तन्नाले अवरोध गर्छ’, उनले हाँस्दै भनेकी छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ३ : ४१ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा