संक्रामक महामारीविरुद्ध सरकार सधैँ तयारी अवस्थामा रहनुपर्ने सुझाव « Khabarhub

संक्रामक महामारीविरुद्ध सरकार सधैँ तयारी अवस्थामा रहनुपर्ने सुझाव


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार संक्रामक महामारीविरुद्ध सधैँ तयारी अवस्थामा रहनुपर्ने सांसदहरुले सुझाव दिएका छन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले बुधबार मूल समितिलाई प्रतिवेदन बुझाउँदै भविष्यमा आउन सक्ने महामारीविरुद्ध सरकार तयारी अवस्थामा रहनुपर्ने सुझाएको हो ।

सांसदहरुले त्यस्ता महामारीको उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा पर्याप्त सुबिधा सहितको संरचना तयार गर्नुपर्ने र सबै क्षेत्रबाट सजकता अपनाउनु पर्ने सझाव दिएका थिए ।

सांसद गजेन्द्र महतले कोभिड १९ ले गर्दा मानिसहरुले धेरै दुःख पाएको स्मरण गर्दै यस्ता महामारीमा सरकार बेलैमा सचेत हुनुपर्ने बताए । उनले त्यो वेलाको दुःख बिर्से पनि अझै समीक्षा गर्नुपर्ने बेला आउनसक्ने बताए ।

संक्रामक रोग सम्बन्धि प्रत्यक अस्पतालमा निश्चित शैयाको युनिट व्यवस्था गर्नुपर्ने उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले बताए । उनले प्रतिवेदन तयारी गर्न आफूहरुले विभिन्न विषयको अध्यन गरेको स्मरण गर्दै कोभिड १९ को खोप आए पनि अझै कोरोना संक्रमणको जोखिम हटिनसकेको हुँदा सतर्कता अपनाउन आग्रह गरे ।

त्यस्तै सांसदहरु यस्ता रोगबाट बच्न र बचाउन सरकारले बेलैमा भविष्यप्रति चिन्तित हुनुपर्ने बताउँदै हरेक अवस्थाको सामना गर्न तयारी अवस्थामा रहनुपर्ने सुझाएका थिए । शिक्षा समितिले गत भदौमा कोभिड रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले ७ सदस्यीय उपसमिति गठन गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : ४५ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम