गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण : अध्यक्ष कँडेल « Khabarhub

गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण : अध्यक्ष कँडेल


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले गरिवी निवारणमा सहकारी सबैभन्दा बलियो र प्रभावकारी क्षेत्र रहेको बताएका छन् ।

नेपाली सहकारी क्षेत्रले दिगो विकासको लक्ष्य हाँसिल गर्न तथा कुल ग्राहस्थ उत्पादन बृद्धीमा समेत सघाउ पुर्‍याई रहेको उनले बताए ।

झापाको दमक ६ स्थित बेलडाँगी रोडमा बुधबार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई संवोधन गर्दै उनले नेपालको बेरोजगारी नियन्त्रणमा समेत सहकारी अग्रणी रहेको भन्दै युवाहरु स्वरोजगार बनाउन र आयात प्रतिस्थापनमा समेत सहकारी क्षेत्र कृयाशील रहेको धारणा राखे ।

संस्थाका अध्यक्ष रवी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा झापा अध्यक्ष गणेश ढकाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, सहकारी संघ झापाका लेखा समिति संयोजक चुडामणि ओझा लगायतले सहकारी क्षेत्र नेपालको आर्थिक सवलीकरण, महिला नेतृत्वको विकास, सामाजिक चेतना अभिवृद्धी लगायतका क्षेत्रमा प्रभावकारी रहेको बताए ।

सोही अवसरमा संस्थाले निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

सो सहकारी संस्थाले फागुन मसान्तसम्म कुल कारोवार १ अर्व १३ करोड भन्दा बढी पुरयाँएको जनाएको छ ।

त्यस अवधिमा शेयर पूंजी ९ करोड बढी, बचत निक्षेप करिव ६३ करोड,ऋण ८० करोड बढी गर्न सफल भएको व्यवस्थापक कमल घिमीरे जनाए । हालसम्म शेयर सदस्यको संख्या ५७९६ पुगेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : ०१ बजे

ऐश्वर्या रायले रजनीकान्तको प्रस्ताव अस्वीकार गरेपछि…

 काठमाडौं – सुपरस्टार रजनीकान्तको करिअरमा ५० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने

पुस १ गतेदेखि बाघ गणना गरिँदै

चितवन– अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको

जेन-जीका नाममा जलाइएको संसद् भवन पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्या भण्डारीले बिहीबार मध्याह्न नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा

म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुना ‘एफएम भिलेज’ ‘फ्रुट’(फलफूल) र ‘मिल्क’ दूध

एकनाले भरुवा बन्दुक बरामद

कैलाली– भजनी नगरपालिका-९ गन्जहुवास्थित सरस्वती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थान