कोरोनाको जोखिम बढेमा ‘संक्रमणको चक्र’ रोक्न सरकारले नीतिगत निर्णय गर्नेछ : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोनाको जोखिम बढेमा ‘संक्रमणको चक्र’ रोक्न सरकारले नीतिगत निर्णय गर्नेछ : स्वास्थ्य मन्त्रालय

भीडभाड नगरी होली पर्व घरमै मनाउन अपील


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनाको जोखिम बढेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरे ।

‘पछिल्लो केही दिन यता संक्रमणको संख्या बढेको छ । कोरोनाको जोखिम बढेको हुँदा होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं,’ उनले भने ।

उनले संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा थप कडाइ गर्ने जानकारी दिए ।

उनले भने, ‘लकडाउन गर्नु सरकारको उद्देश्य वा चाहना होइन, तर संक्रमितको संख्या उच्च हुन गएमा सरकारले परिस्थिति अनुसारका नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ, संक्रमणलाई भयावहरुपमा फैलन नदिन सबै सजग हुनुपर्छ । ’

यसैगरी बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।

मन्त्रालयकाअनुसार मुलुकमा पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिएका छन् ।

३ हजार ९६३ पीसीआर परिक्षण हुँदा १४५ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा ९० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३०२० पुगेको छ । हाल नेपालमा १ हजार १८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : ०२ बजे

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को