स्वास्थ्यका मापदण्ड पालना गर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध « Khabarhub

स्वास्थ्यका मापदण्ड पालना गर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा हिँड्‌डुल गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

प्रशासनले बुधबार विज्ञप्ति निकाल्दै कोभिड-१९को संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकाले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क अनिवार्य प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

‘सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीसमेत हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचित गरिन्छ,’ विज्ञप्ति भनिएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरेर मनाउन आग्रह गरेको छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी सूचना

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु