केन्द्रले स्थानीय तहको अधिकार खोस्दैन : प्रधानमन्त्री ओली  « Khabarhub

केन्द्रले स्थानीय तहको अधिकार खोस्दैन : प्रधानमन्त्री ओली 


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने स्पष्ट पारेका छन् ।

बुधबार नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सबै तहको आफ्नै विषेशता रहेको भन्दै केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताएका हुन् ।

उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल मिलाएर काम गर्नुपर्नेमा जोड दिए । संघीयता कार्यान्वयनकै अभ्यासमा रहेको भन्दै प्रधानमन्त्री ओलीले समयक्रममा सबै समस्या हल हुँदै जाने धारणा राखे ।

उनले पुँजीगत खर्च गर्ने क्षमता स्थानीय तहमा नभएको जिकिर गरे । उनले नगरपालिकाकाबीचमा राम्रा कामका लागि प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को अवधिमै स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि भएको बताए । प्रधानमन्त्री ओलीले अबको ४ दिनपछि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ४५ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी