अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : प्रधानमन्त्री ओली


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।

बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको चार दिनमा मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने जानकारी दिएका हुन् । उनले तत्काल पाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत बताए ।

‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’

उनले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार विकास निर्माणका काममा तीव्र रुपमा लागि परेको जानकारी दिए । उनले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने समेत बताए ।

उनले सबै तहको आफ्नै विषेशता रहेको भन्दै केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताएका हुन् ।

उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल मिलाएर काम गर्नुपर्नेमा जोड दिए । संघीयता कार्यान्वयनकै अभ्यासमा रहेको भन्दै प्रधानमन्त्री ओलीले समयक्रममा सबै समस्या हल हुँदै जाने धारणा राखे ।उनले कोभिड–१९ को अवधिमै स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि भएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : २८ बजे

केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह – संविधानको रक्षा गर्दै देश पुनर्निर्माणमा जुटौँ

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानको रक्षा

शाहरुख खान र दीपिका पादुकोणलाई राजस्थान उच्च अदालतबाट राहत

काठमाडौं – बलिउड स्टार शाहरुख खान र दीपिका पादुकोणले राजस्थान

पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा नयाँ पुल बन्दै

पर्वत– पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदीमाथि अग्लो

नेपाली सेनाले भन्यो- भ्रामक र झुटा सूचनामा विश्वास नगरौं

काठमाडौं- नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको