कोरोनाको संक्रमण भयावह हुन नदिऔँ : प्रधानमन्त्री ओली « Khabarhub

कोरोनाको संक्रमण भयावह हुन नदिऔँ : प्रधानमन्त्री ओली


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले कोरोना भाइरसको संक्रमण पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्नेमा जोड दिए ।

कोरोना पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा रहिरहने भन्दै उनले सबै सचेत हुनुपर्ने बेला आएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको दाबी गरे । उनले अहिले भयावहको स्थिति नभएको बताए ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ सङ्क्रमणको असर कम परेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ०१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु