शे-फोक्सुन्डोमा वर्ल्ड लिंकको निःशुल्क वाइफाइ « Khabarhub

शे-फोक्सुन्डोमा वर्ल्ड लिंकको निःशुल्क वाइफाइ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘सबैलाई जहाँपनि, जहिले पनि जोड्ने’ आफ्नो उद्देश्यलाई अनुसरण गर्दै वर्ल्ड लिंक कम्युनिकेशन्सले डोल्पाको शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सुरू गरेको जनाएको छ ।

हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठूलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागिविश्व प्रसिद्ध छ । सो क्षेत्रमा निःशुल्क वाइफाइ सेवाको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवालले संयुक्तरुपमा उद्घाटन गरे ।

“नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प छैन” उदघाटन समारोहमा बोल्दै वर्ल्ड लिंक कम्यूनिकेशन्सका अध्यक्ष अग्रवालले भने, “गास बास कपाससँग आजको युगमा सूचना प्रविधिपनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छौं ।”

उनले उच्चगतिको इन्टरनेटका लागि वर्ल्ड लिंकले डोल्पा जिल्लासम्म फाइबर विस्तार गर्न तयार रहेको बताए । सरकारले पूर्वाधारको विकास विस्तार गरे आफूहरुले प्रविधिमा थप लगानी गर्ने उनको भनाइ छ । शे फोक्सुण्डोसम्म इन्टरनेट पुर्‍याउन वर्ल्ड लिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको उनले बताए । अध्यक्ष अग्रवालले फाइवर जडानको लागि योजना तयार गर्ने पनि बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : ५७ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी