आइपीएलमा पञ्जावको दोस्रो जित « Khabarhub

आइपीएलमा पञ्जावको दोस्रो जित


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल क्रिकेटमा पन्जाब किङ्सले दोस्रो जित निकालेको छ ।

साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै पञ्जावले दोस्रो जित निकालेको हो ।

शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको छ ।

चेन्नईमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो ।

पन्जाबको जितमा लोकेश राहुलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस गेलले अविजित ४३ रन बनाए । मायांक अग्रवाल २५ रनमा आउट भए । मुम्बईका राहुल चाहरले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सूर्यकुमार यादवले ३३ रन जोड्दा केइरन पोलार्डले अविजित रहदै १६ रन बनाए ।

पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २/२ विकेट लिए । दीपक होडा र अश्रदिप सिंहले १/१ विकेट लिए ।

जितसँगै पन्जाबले ५ खेलमा ४ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौं स्थानमा रहेको छ ।

मुम्बईको यो तेस्रो हार हो । मुम्बईले पनि ५ खेलमा ४ अंक जोडेको छ । मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : २६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु