२० वर्षभन्दा बढी उमेरका अभिनेतासँग रोमान्स गर्ने अभिनेत्री « Khabarhub

२० वर्षभन्दा बढी उमेरका अभिनेतासँग रोमान्स गर्ने अभिनेत्री


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेताहरु आफ्नो उमेरलाई भन्दा पनि आफ्नो कामलाई बढी ध्यान दिन्छन् । त्यहीकारण उनीहरु जुनसुकै उमेरका अभिनेत्रीहरुसँग रोमान्स गर्न लालयित छन् ।

बलिउड लाइफका अनुसार बलिउडका केही यस्ता अभिनेत्रीहरु छन्, जसले २० वर्षभन्दा बढी उमेरका अभिनेताहरुसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

अभिनेता सलमान खान र अभिनेत्री दिशा पाटानीको रोमान्स रहेको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’ यसैवर्षको इदमा रिलिज हुँदैछ । यो जोडीको उमेर अन्तर २७ वर्ष बढी नै छ ।

फिल्म ‘डियर जिन्दगी’मा अभिनेता शाहरुख खान अभिनेत्री आलिया भट्टको मेन्टरको भूमिकामा देखिएका थिए । यो जोडीको उमेर अन्तर हेर्ने हो भने २८ वर्षको छ ।

फिल्म ‘सुल्तान’ले बक्सअफिसमा तहल्कै मच्चायो । यो फिल्ममा सलमान खान र अनुष्का शर्माको जोडीलाई दर्शकले खुबै मनपराए । दर्शकले रुचाएको यो जोडीको उमेर अन्तर २० देखि माथि नै छ ।

अभिनेता अजय देवगन र अभिनेत्री सायशा साइगलले फिल्म ‘शिवाय’मा अभिनय गरे । यो फिल्ममा अभिनय गर्दा सायशाको उमेर १८ मात्र थियो । यी दुई कलाकारको उमेर अन्तर २८ बढी छ ।

अभिनेता सलमान खान र अभिनेत्री सोनम कपूरले फिल्म ‘प्रेम रतन धन पायो’मा सहकार्य गरे । उनीहरुको उमेर अन्तर २० बढी छ ।

अभिनेता नसिरुद्धिन शाह र विद्या वालन अभिनित फिल्म ‘डर्टी पिक्चर’ दर्शकको नजरमा परेको फिल्म हो । यी कलाकारहरुले आफ्नो क्यामेष्ट्रीलाई जीवन्त बनाउने निकै मेहनत गरेका छन् । यी दुईबीचको उमेर अन्तर २९ छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ५२ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा