टी–२० क्रिकेटमा नेपालको नयाँ कीर्तिमान « Khabarhub

टी–२० क्रिकेटमा नेपालको नयाँ कीर्तिमान


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाएर नयाँ कीर्तिमान बनाएको छ ।

त्रिदेशीय टी–२० प्रतियोगिताअन्तर्गत आज नेदरल्याण्डसँगको खेलमा नेपालले अहिलेसम्मकै ठुलो स्कोर बनाएको हो ।

नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तिन विकेट गुमाउँदै दुई सय २८ रन बनाएको हो ।

आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । उनले जारी सिरिजमा ४ अर्धसतक बनाएर कीर्तिमानी पारी खेले ।

नेपालका लागि अनुभवी खेलाडी दिपेन्द्रसिंह ऐरीले १८ बलमा पाँच चौका र तीन छक्का हान्दै अविजित ४८ रनको योगदान गरे । आशिफ सेखले १६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए ।

आजको खेलमा कुशल मल्लले ५० रन बनाउँदै अर्धशतकीय पारी खेले ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ४७ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को