अब हरेक दिन बिहान ११ बजेदेखि महानगरको निःशुल्क पीसीआर परीक्षण सेवा | Khabarhub Khabarhub

अब हरेक दिन बिहान ११ बजेदेखि महानगरको निःशुल्क पीसीआर परीक्षण सेवा


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नमुना संकलनको नयाँ तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार अब हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट स्वाब संकलनको व्यवस्था गरिएको छ ।

यस अघिको नियमित तालिकामा दिनको एउटा केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट स्वाब संकलन हुनेछ । यसका अतिरिक्त धेरै संख्यामा परीक्षण गर्नु पर्ने वडाबाट माग आएमा त्यस ठाउँमा पनि स्वाब संकलनको व्यवस्था गरिने भएको छ ।

नयाँ तालिकाअनुसार आइतबार वडा नं.–२९ को पद्मकन्या स्कूल, डिल्लीबजार र वडा नं.–४ को विशाल मिलन केन्द्रमा स्वाब संकलन हुनेछ ।

त्यसैगरी सोमबार वडा नं.– १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (जुडो हल), वडा नं.– २० को शान्ति निकुञ्ज विद्यालय र वडा नं.– ३२ कार्यालय परिसरमा नमूना संकलन हुनेछ ।

मंगलबार वडा नं.– ८, बजबागेश्वरी, १४ कलंकी र २६ लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साविक ट्रलीबस परिसरमा र वडा १५ को भुइँखेलमा, बिहीबार बसन्तपुर र महाबौद्धमा तथा शुक्रबार वडा नं.– ३ कार्यालय परिसर महाराजगञ्ज र वडा नं.– ६ कार्यालय परिसर बौद्धमा नमूना संकलन हुनेछ ।

महानगरको यो सेवा निःशुल्क हो । परीक्षण गर्न जानु अघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आईएमयू (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा बिरामीको विवरण भर्नु पर्छ ।

पहेँलो रङ्गको फारममा प्रारम्भिक विवरण भरेपछि यी विवरण अनलाइन विधिमार्फत प्रणालीमा पठाइन्छ ।

महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुषाल भन्छन्, ‘अनलाइनमा तथ्याङ्क भरेपछि एउटा कोड आउँछ । यो कोडलाई पहेँलो फारममा टिपेपछि आईएमयू प्रक्रिया पूरा हुन्छ । जसले पीसीआर गराउने हो । यो विवरण अनिवार्य हुन्छ । कुनै कारणले परीक्षण अगाडि विवरणा भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नु पर्ने हुन्छ ।’

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १ : ४३ बजे

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं– गत असोज २३ को मन्त्रिपरिषद बैठकबाट भूमि समस्या समाधान

राजुनाथ पाण्डे निलम्बनमै रहने, उच्चले खारेज गरिदियो रिट निवेदन 

काठमाडौं– उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ