भर्चुअल प्लेटफर्ममा खिचियो ‘पठान’को एक्सन दृश्य « Khabarhub

भर्चुअल प्लेटफर्ममा खिचियो ‘पठान’को एक्सन दृश्य


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोभिडको वर्तमान परिस्थितिले बलिउडका ठूला बजेटका एक्सन फिल्मको सुटिङलाई कठिन बनाइदिएको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै अभिनेताद्वय शाहरुख खान र जोन अब्राहमको फिल्म ‘पठान’ले लकडाउन अघि भर्चुअल प्लेटफर्ममा सुटिङ गरेको छ ।

दैनिक भास्करका अनुसार शाहरुख र जोनले अलग–अलग समयमा आफ्नो हिस्साको भर्चुअल प्लेटफर्ममार्फत सुटिङ पुरा गरेका छन् । दुवै अभिनेता एकै फ्रेममा देखिएपछि फिल्मको पोष्टप्रोडक्सनमा उनीहरुको दृश्यलाई मर्ज गरिनेछ ।

फिल्म ‘पठान’मा शाहरुखको बडी डबल प्रशान्त वाल्डेले यो कुराको पुष्टि गरेका हुन् । प्रशान्त विगत १५ वर्षदेखि शाहरुखको बडी डबलका रुपमा काम गरिरहेका छन् ।

‘यो शैली एक पान मसालाको विज्ञापनको लागि अपनाइएको थियो । विज्ञापनमा अजय देवगनको दृश्य अलग समयमा र शाहरुखको दृश्य अलग समयमा खिचिएपछि त्यसलाई मर्ज गरिएको थियो । एकै समयमा दुई ठूला स्टारलाई कोरोना संक्रमणको जोखिम नहोस् भनेर यो तरिका अपनाइएको हो’, उनले भनेका छन् ।

प्रशान्तका अनुसार फिल्म ‘पठान’ विशुद्ध एक्सन फिल्म हो । यसका लागि शाहरुखले शानदार शरीर बनाएका छन् । यो फिल्म सकिनासाथ शाहरुख दक्षिण भारतीय निर्देशक एट लीको फिल्ममा काम गर्नेछन् । शाहरुख फिल्म ‘पठान’मा बनाएको शरीर र एक्सनको प्रयोग दक्षिण भारतीय फिल्ममा गर्न चाहन्छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  २ : १० बजे

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका