महंगो इन्गेजमेन्ट औठी लगाउने यी अभिनेत्रीहरु | Khabarhub Khabarhub

महंगो इन्गेजमेन्ट औठी लगाउने यी अभिनेत्रीहरु


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–इन्गेजमेण्टलाई विवाह अघिको पहिलो कर्म मानिन्छ । यो कर्ममा विवाह गर्न लागेका जोडीले एकापसमा औठी लगाइदिन्छन् ।

हीरालाई युवतीको मिल्ने साथी मानिन्छ । त्यसमाथि औठी नै हीरा जडित छ भने त्यो भन्दा खुशीको कुरा युवतीका लागि अरु के हुन्छ ।

बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले इन्गेजमेन्टमा लगाएको औठीको मूल्य करोडौं छ । कैयौं पटक बाहिर निस्कँदा अथवा कुनै सार्वजनिक कार्यक्रममा देखिँदा उनीहरु त्यो औठीलाई छुटाउदैनन् ।

आजतकका अनुसार सन् २००७ मा अभिनेत्री ऐश्वया राय र अभिनेता अभिषेक बच्चनको विवाह निकै भव्य भएको थियो ।

यो विवाहमा उनले लगाएको औठीको निकै चर्चा भएको थियो । ५३ क्यारेटको सोलिटेयर औठीको मूल्य ५० लाख आसपासको छ ।

सन् २०१८ मा दीपिका पादुकोण र रणवीर सिंहले विवाह गरे । दुवैले इटलीको लेक कोमोमा सात फेरा लगाए । सामाजिक सञ्जालमा उनीहरुको विवाहको तस्वीर निकै भाइरल भयो ।

रणवीरले दीपिकालाई इन्गेजमेन्टमा प्लेटिनमको रेक्टेंगल सोलिटेयर औठी लगाइदिएका थिए । जसको मूल्य एक करोड ३० लाख देखि २ करोड ७० लाख रुपैंयाँसम्म पर्छ ।

अभिनेत्री सोनम कपुरले उद्यमी आनन्द अहुजासँग विवाह गरिन् । उनीहरुको विवाहको निकै चर्चा पाएको थियो । सामाजिक सञ्जालमा कैयौं तस्वीर र भिडियो भाइरल नै भए ।

सोनमलाई आनन्दले ९० लाख आसपासको औठी लगाइदिएका थिए । सोनमले यो औठीलाई कान्स फिल्म फेस्टिभलका समयमा सार्वजनिक गरेकी थिइन् ।

भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको घोषणा गरे । उनीहरुले परिवार र नजिकका आफन्तमाझ विवाह गरे । विराटले अनुष्कालाई १ करोड आसपासको इन्गेजमेन्ट औठी दिएका थिए ।

सन् २०१२ मा करीना कपूरले अभिनेता सैफ अली खानसँग अदालती विवाह गरिन् । यो समयमा सैफले उनलाई करिब ७५ लाख रुपैंयाँको हीराको औठी दिएका थिए ।

सन् २०१८ मा अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफूलाई निक जोनासले विवाहको प्रस्ताव गरेको खुलाइन् । प्रियंकाले टिफनी हीराको औठी पनि देखाएकी थिइन् । यो औठीको मूल्य २ करोड १० लाख पर्छ ।

अभिनेत्री शिल्पा सेठ्ठीलाई उनका व्यापारी पति राज कुन्द्राले २० क्यारेटको हीराको औठी दिएका थिए । जसको मूल्य तीन करोड आसपास पर्छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ३ : ५५ बजे

संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं– गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट करिब ५ सय ६८ ग्राम तौल बराबरको

करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल– कुल एक हजार ३८२ अफगान शरणार्थी परिवारका सात हजार

सिजनमै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

कञ्चनपुर– भीमदत्त नगरपालिका–१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थाका

टुरमा गएका आधा कलाकार रुष्ट, आयोजक विनोद भन्छन्– ‘अब सुन्छ अमेरिका’ सफल भयो

काठमाडौं – प्रस्तुती दिन गएका आधा कलाकार आयोजकसँग रुष्ट बन्दा