भौतिक उपस्थितिमा एसईई परीक्षा हुने सम्भावना कम छ : मन्त्री श्रेष्ठ « Khabarhub

भौतिक उपस्थितिमा एसईई परीक्षा हुने सम्भावना कम छ : मन्त्री श्रेष्ठ


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ को एसईई परीक्षा भौतिक रुपमा सञ्चालन गर्ने सम्भावना न्युन रहेको बताएका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको १३ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसइई परीक्षा भौतिक उपस्थितिमा हुने सम्भावना न्यून रहेका बताएका हुन् ।

सोही क्रममा उनले भने,‘कक्षा १२ र एसइई परीक्षाको विकल्प बारे छलफल भइरहेको छ ।’

अनेरास्ववियुले मन्त्री श्रेष्ठ समक्ष कक्षा ८ को वार्षिक परीक्षा अन्य विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने, सम्पूर्ण विद्यार्थीहरुको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठनको सुनिश्चितता हुनुपर्ने, विद्यालयमा भौतिक रूपमा उपस्थितभइ पठनपाठन हुने अवस्था सिर्जना नहुन्जेलसम्मको लागि शिक्षण शुल्क मिनाहा गर्नुपर्ने, एक परिवार एक कम्प्युटरको निशुल्क व्यवस्था गर्नुपर्ने लगायत विभिन्न १३ बुँदे माग राखेका छन् ।

संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई सोमबार विभिन्न माग सहितको १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

सोही क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने बताएका हुन ।

एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र निर्णय गर्ने उनले बताए ।

श्रेष्ठले सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमा शिक्षाको बजेट बढ्न सक्ने सम्भावना रहेको बताउदैँ शिक्षा सम्बन्धी नयाँ-नयाँ योजना आउने उल्लेख गरे ।

परम्परागत शिक्षा अहिलको आवश्यकता नभएर प्रयोगात्मक र प्रविधियुक्त शिक्षा भएकाले यसमा सरकारको ध्यान गएको उनले बताए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ४ : ३८ बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो