२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पीसीआर परीक्षणमा ७ हजार २२० र ६०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०५ जना गरी कुल ७ हजार जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६०, खोटाङमा ५५, झापामा ४१, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा ६४, भोजपुरमा ११, मोरङमा ३२३, संखुवासभामा ३२, सुनसरीमा २१८ र सोलुखुम्बुमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १५०, पर्सा २३, बारामा ३८, महोत्तरीमा १४१, रौतहटमा ४१, सप्तरीमा ४२, सर्लाहीमा ३४ र सिरहामा ५७ जना संक्रमित थपिएका छन् ।

वाग्मती प्रदेशको काठमाडौँमा मात्र १ हजार ८०६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १४०, चितवनमा १७१, दोलखामा ८७, धादिङमा २५, नुवाकोटमा १९५, भक्तपुरमा २९८, मकवानपुरमा २४२, रसुवामा २, रामेछापमा ७८, ललितपुरमा ६८१, सिन्धुपाल्चोकमा ६० र सिन्धुलीमा ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा २५८, गोरखामा १४९, तनहुँमा ७९, नवलपरासी पूर्वमा २९, पर्वतमा ६५, मुस्ताङमा २, म्याग्दीमा २९, लमजुङमा ८९, बागलुङमा ७ र स्याङजामा १९८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १९, कपिलवस्तुमा ८८, गुल्मीमा ४, दाङमा १४३, नवलपरासीमा ४१, पाल्पामा ५१, प्युठानमा १०, बर्दियामा ९, बाँकेमा ४६, रुकुम पूर्वमा १, रुपन्देहीमा २८७ र रोल्पामा ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशको कालिकोटमा १९, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा २, दैलेखमा २९, रुकुम पश्चिमा १६, सल्यानमा २ र सुर्खेतमा ७८ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ७८, कञ्चनपुरमा १, कैलालीमा ९६, डडेल्धुरामा २५, डोटीमा १, दार्चुलामा २२, बझाङमा २, बाजुरामा २ र बैतडीमा ५७ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ५ : ४४ बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु