संविधान र सर्वोच्च अदालतको आदेशानुसार नागरिकता अध्यादेश : महान्यायायाधिवक्ता | Khabarhub Khabarhub

संविधान र सर्वोच्च अदालतको आदेशानुसार नागरिकता अध्यादेश : महान्यायायाधिवक्ता


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ संविधान र सर्वोच्च अदालतको आदेशानुसार ल्याइएको बताएका छन् ।

आफ्नो कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको स्पष्ट पारे । “महान्यायाविधक्तालाई अभियोजन गर्ने र सरकारलाई कानूनी राय र सल्लाह दिने संवैधानिक व्यवस्था छ”, उनले भने, “संविधान र सर्वोच्च अदालतका धेरै आदेश छन्, त्यसको कार्यान्वयनका लागि अध्यादेश ल्याउनुपरेको हो ।”

उनले यससम्बन्धी विधेयक २०७५ साल साउन २२ गते संसद्मा प्रवेश भएर रहँदा संविधान र अदालतको आदेश कार्यान्वयनमा कठिनाइ भएकाले अध्यादेशमार्फत ल्याउनुपरेको स्पष्ट पारे ।

“नागरिकतासम्बन्धी अध्यादेश ल्याएर राष्ट्रघात गरिएको छैन, संविधानमा भएको व्यवस्था जस्ताको जस्तै मान्नुपर्ने हुन्छ”, सरकारका कानूनी सल्लाहकारले थपे, “संविधान कार्यान्वयनबाहेक तलमाथि केही पनि फरक पारिएको छैन ।”

उनका अनुसार देशभर जन्मसिद्धका आधारमा ७७ जिल्लामा एक लाख ९० हजार ७०२ ले नागरिकता प्राप्त गरेका थिए । अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने छन् । “मेरो बुबाको नागरिकता जन्मसिद्धको आधारमा थियो, शुरुशुरुमा जन्मसिद्धकै आधारमा नागरिकता दिने चलन रैछ”, उनले आफ्ना पिताको नागरिकताबारे जानकारी दिँदै भने, “पहिलेपहिले वंशजका आधारमा नागरिकता दिने प्रचलन नै थिएन, तर अहिले वंशज र अंगीकृत नागरिकताको व्यवस्था छ, जन्मसिद्धलाई वंशजको दिने व्यवस्था मात्र गरिएको हो ।”

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ३३ बजे

एमालेको निष्कर्ष- ज्ञानेन्द्र शाहले फागुन ७ मा उकासेका राजावादीको मनोबल खस्किस्यो

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति

भक्तपुरमा तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

भक्तपुर– यहाँको झौखलेका केही खानेपानी उद्योगमा प्रदूषित पानी बिक्री गरेको

प्रधानमन्त्रीलाई एमाले कैलाली-२ को ध्यानाकर्षण पत्र : सुदूरपश्चिमको विकास र पूर्वाधारमा जोड

धनगढी– नेकपा एमाले कैलाली क्षेत्र नं. २ निर्वाचन क्षेत्रीय समन्वय समितिले

ओलीको नजरमा यी हुन् एमालेमाथि आक्रमण गर्ने चारथरी शक्ति

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण