धनुषामा जेठ १७ सम्म निषेधाज्ञा थप « Khabarhub

धनुषामा जेठ १७ सम्म निषेधाज्ञा थप


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा धनुषामा जेठ १७ गते सम्म निषेधाज्ञा थप गरिएको छ ।

आज बिहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण नियन्त्रण नभएपछि एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले जेठ १७ गते सम्म जिल्ला भरी निषेधाज्ञा लागू हुने निर्णय गरेको हो । धनुषामा  गत बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाको समयमा अतिआवश्यक बाहेक सेवामा समेत रोक लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी र तरकारी पसल र बैंक तथा वित्तीय संस्था खोल्न  दिइने आदेशमा जनाइएको छ ।

बिहान ६ बजेदेखि ९ बजेसम्म औषधी व्यवसाय, पेट्रोल, फलफूल, ग्यास पसल र दुध डेरी खोल्न पाइने आदेशमा उल्लेख छ ।

‘अतिआवश्यक व्यवसाय तथा संस्थाहरु विहान खोल्न दिएको छु । तर, उहाँहरु बेलुका पनि लुकिछिपि खोल्ने गरेको थियो,’प्रजिअले वास्तोलाले भने, ‘बेलुका पूर्णरुपमा बन्द गर्ने र अनुगमन बढाउने निर्णय भएको छ ।’

निषेधाज्ञा कडा बनाउन मातहतको सबै कार्यालयलाई पत्राचार गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले  चोक चोकमा होल्डिङ सेन्टरमा राख्ने गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ९ : ४३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले