रोनाल्डोको दुई गोलमा फ्रान्ससँग बराबरी खेलेको पोर्चुगल युरोकपको नकआउटमा « Khabarhub

रोनाल्डोको दुई गोलमा फ्रान्ससँग बराबरी खेलेको पोर्चुगल युरोकपको नकआउटमा


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान क्रिष्टियानो रोनाल्डको उत्कृष्ट प्रदर्शनमा फ्रान्ससँग बराबरी खेल्दै पोर्चुगल युरोकपको नकआउटमा पुगेको छ ।

यसअघि नै नकआउटमा पुगिसकेको फ्रान्स भने समूह विजेता बनेको छ ।

हंगेरीको बुडापेस्टमा बिहीबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।

हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

यस बराबरीसँगै समूह ‘एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । अब फ्रान्सले अन्तिम १६ मा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

फ्रान्ससँगको बराबरीसँगै ३ खेलमा ४ अंक जोडेको पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो ।

पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो । अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : १० बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध