रोनाल्डोको दुई गोलमा फ्रान्ससँग बराबरी खेलेको पोर्चुगल युरोकपको नकआउटमा « Khabarhub

रोनाल्डोको दुई गोलमा फ्रान्ससँग बराबरी खेलेको पोर्चुगल युरोकपको नकआउटमा


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान क्रिष्टियानो रोनाल्डको उत्कृष्ट प्रदर्शनमा फ्रान्ससँग बराबरी खेल्दै पोर्चुगल युरोकपको नकआउटमा पुगेको छ ।

यसअघि नै नकआउटमा पुगिसकेको फ्रान्स भने समूह विजेता बनेको छ ।

हंगेरीको बुडापेस्टमा बिहीबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।

हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

यस बराबरीसँगै समूह ‘एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । अब फ्रान्सले अन्तिम १६ मा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

फ्रान्ससँगको बराबरीसँगै ३ खेलमा ४ अंक जोडेको पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो ।

पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो । अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : १० बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता