जर्मनी युरोकपको नकआउट चरणमा प्रवेश « Khabarhub

जर्मनी युरोकपको नकआउट चरणमा प्रवेश


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मनी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।

खेलको ११औँ मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाए पनि ६६औँ मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए ।

६८औँ मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २-१ को अग्रता दिलाए  । ८४औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा फर्काउँदै हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘एफ’ को उपविजेता बनेको जर्मनी ३ खेलमा ५ अंक जोड्यो । जर्मनीले अब अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्नेछ ।

हंगेरी भने समूह चरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : ५५ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध