देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै « Khabarhub

देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभरका सबै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् ।

अधिकांश पालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।

प्रदेशले बजेट सार्वजनिक गरेपछि स्थानीय तहले पनि बजेट सार्वजनिक गर्ने प्रचलन छ ।

स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर स्थानीय तहका प्रतिनिधिले भने प्रदेशले बजेट सार्वजनिक गरेको १० दिनभित्र बजेट सार्वजनिक गर्न कठिनाई भएको गुनासो गर्दै आएका छन् ।

स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराइसकेका छन् ।

यस पटकको स्थानीय तहको बजेट पनि सङ्घीय र सबै प्रदेश सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य क्षेत्र नै हुने जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ८ : १५ बजे

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर

विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन

गण्डकी – नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई