कुवेतको चर्को घाममा काम लगाउने २८१ कम्पनी कारबाहीमा « Khabarhub

कुवेतको चर्को घाममा काम लगाउने २८१ कम्पनी कारबाहीमा



दोहा- कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने २८१ कम्पनी कारबाहीमा परेका छन् ।

कुवेतको जनसम्पर्क र मिडिया विभागका निर्देशक र पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने २८१ वटा कम्पनी कारबाहीमा परेको पीएएमका प्रवक्ता असिएल अल-माजेडले बताइन् ।

प्रवक्ता अल-माजेडका अनुसार जुन १ देखि १७ तारिखसम्म ३७७ साइटहरूको निरीक्षण गर्दा २८१ कम्पनीलाई कारबाही र नियम उलङ्घन गर्ने ४३९ कामदारलाई पनि पक्राउ गरिएको छ ।

केही साइटहरूको पुन: अनुगमन गर्दा टोलीले १३५ कम्पनीहरूले मात्र निर्णयको पालना गरेको र अन्य कम्पनीहरुले अझै नियम उलङ्घनको सुधार गर्न नसकेको अरब टाइम्सलाई उद्धृत गर्दै पीएएमकी प्रवक्ता अल-माजेडले बताइन्।

नियम उलङ्घन गरेको बारेमा २२ वटा उजुरी इलेक्ट्रोनिक मिडिया मार्फत प्राप्त भएको उनले बताइन् । रोजगारदाताहरुलाई कामदारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने र कानुनी उत्तरदायित्वबाट टाढा रहन निर्णयको पालना गर्न आग्रह गर्नसमेत अनुरोध गरिएको उनले बताइन् ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न  गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन ।  दिउँसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैँको झै बराबर गर्न सकिने बताईएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ११ : ०० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा