ऋतिकले सार्वजनिक गरे ‘कृष ४’ लुक्स « Khabarhub

ऋतिकले सार्वजनिक गरे ‘कृष ४’ लुक्स


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडका ‘हेण्डसम हंक’ ऋतिक रोशनको साइन्स फिक्सन फिल्म ‘कृष’ रिलिजको १५ वर्ष पुरा भएको छ । यो मौकामा ऋतिकले आफ्ना फ्यानमाझ नयाँ खुशीको खबर सार्वजनिक गरेका छन् ।

उनले एक भिडियो सामाजिक सञ्जालमा राख्दै फिल्मको चौथो संस्करण ‘कृष ४’ विधिवत घोषणा गरेका छन् । यो फिल्मलाई लिएर धेरै पहिल्यैदेखि चर्चा परिचर्चा भए पनि आधिकारिक रुपमा कसैले जानकारी दिएको थिइन् । तर ऋतिकले नै सामाजिक सञ्जालमा टिजर शैलीको भिडियो राखेर फिल्म निर्माण हुने जनाउ दिएका हुन् ।

भिडियोमा कृष र उसको नयाँ मास्कको झलक देखाइएको छ । भिडियोको अन्तिममा ‘कृषको १५ वर्ष’ लेखिएको छ । ‘अतितमा जे हुनु थियो, त्यो भइसकेको छ । हेर्दै जाउँ, भविष्य के लिएर आउछ’, उनले लेखेका छन् ।

फिल्म ‘कृष’ सन् २००६ को जून २३ मा रिलिज भएको थियो । यो ऋतिकको पहिलो साइन्स फिक्सन फिल्म ‘कोही मिल गया’को सिक्वेल थियो । फिल्मको निर्देशन राकेश रोशनले गरेका थिए । फिल्ममा ऋतिकका साथ प्रियंका चोपडा, रेखा, नसीरुद्दीन शाह प्रमुख भूमिकामा थिए ।

समाचार अनुसार यो चौथो फिल्ममा ऋतिकको चरित्र अर्थात कृष आफ्नो बुवा रोहित मेहरालाई फर्काउन यात्रामा निस्कने बताइएको छ । कृषको एलियन साथी जादूलाई फर्काउने सम्भावना पनि उत्तिकै छ ।

‘कृष ४’मा कैयौं सुपरभिलेन देखिनेछन् । जसले कृषसँग द्वन्द्व गर्नेछन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ११ : ४५ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना